Spread the love
  • 87
  •  
  •  
  •  
  •  
  •  
    87
    Shares

काठमाडौं, बौद्ध – सगु प्रोडक्सन हाउसमा दोलखा फेदाको अपार सफलता पछि अर्को नयाँ म्युजिक भिडियो मुडेको बजार सार्वजनिक भएको छ । सोनाम घिसिङको शब्दलाई सानुबाबु घिसिङको संगित र जोगलाल लामाको एरेन्ज रहेको छ भने सुदिप घिसिङ र सिर्जना स्याङ्तानले स्वर दिएको छ ।


डान्सिङ बिटमा रहेको गितको भिडियोमा निर्देशन, कोरियोग्राफी राजिव लुङ्बाले गरेको छ । गितमा राजिव लुङ्बा र पछिल्लो चरण चर्चा कमाएकी मोडल पुर्णिमा थोकर, सोनिया तुलाधर, राजु थिङ अभिनय हेर्न पाईनेछ । सम्पादन,छायांकन, कलरिङ, जिग्मे मिडियाका सुर्य लामाको रहेको छ ।

भिडियो हेर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस