×

TUNGOON

स्वास्थ्य अवस्थ प्रतिकुल हुँदा प्रधानमन्त्री पद सिन्जो आवेले दिए “राजीनामा”


एजेन्सी टोकियो, १३ भदौ=जापान विश्वकै तेस्रो ठूलो अर्थतन्त्र भएको मुलुक हो।सिन्जो आवेले शुक्रबार विश्वलाई चकित पार्दै जापानको प्रधानमन्त्री पदबाट राजीनामा दिए ।स्वास्थ अवस्था प्रतिकुल भएकोले आफुले पदबाट राजीनामा दिएको सिन्जोले स्थानीय तथा अन्तरास्ट्रिय एजेन्सीहरुलाइ जानकारी दिए।


सिन्जो तिनै शासक हुन,”जसले विश्व नै चर्को आर्थिक मन्दीमा जापानलाइ उकासेका थिए ।तर कोरोना महामरीबाट देशलाई उकास्न सकेनन् ।जापानको इतिहासमा लामो समय सम्ममा प्रधानमन्त्री बन्ने रेकर्ड सिन्जो कै नाममा छ।सन् २००६ मा ५२ वर्षको उमेरमै उनी जापानको प्रधानमन्त्री बनेका थिए ।जापानमा कम उमेरमा प्रधानमन्त्री हुने सौभाग्य उनले नै पाए।


लामो समय देखि बिमारी आवे दिनप्रतिदिन स्वास्थ्यमा खराबी आइरहेपछि चिन्तित थिए ।चिकित्सकहरुले पनि एक बर्ष सम्म उपचार गर्न समय लाग्ने बताइ सकेका छन् ।अस्वस्थ अवस्थामा जिम्मेवारी बहन गर्न नसक्ने र राष्ट्र लाई प्रगतिको दिशामा लैजान गाहो हुने मानसिक तनाव कै कारण र सबै किसिमको तनाव बाट मुक्त हुनाको लागि सिन्जोले प्रधानमन्त्री पदबाट राजीनामा दिएको जापानीज सञ्चार माध्यमले दाबी गरेका छन् ।


जापानी जनता को नजरमा हिरो सावित भएका सिन्जोले भनेका थिए ,”जहिले म जनताको अपेक्षा पूरा गर्न सक्दिन त्यसदिन प्रधानमन्त्रीबाट राजीनामा दिन्छु।”


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला