×

TUNGOON

२४ घन्टामा १४ जनाको मृत्यु


चैत ११ गते देखि लकडाउन, सर्टडाउन अनि अहिले आएर नेपाल सरकारले निषेधाज्ञा गरेर कोरोनालाइ नियन्त्रण लिनाको लागि विधि अपनाए पनि झन् झन् कोरोना संक्रमित बढदो छ। आइतबार मात्रै कोरोना संक्रमणबाट एकै दिन १४ जनाको ज्यान गएको छ भने १ हजार २ सय २१ जनामा संक्रमाण पुष्टि भएको छ।


लकडाउन र सर्ट्डाउनको समय भन्दा भदौ ३ गते राती लगाएको निषेधाज्ञा बीच आइतबार सर्वाधिक ४ सय २९ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेशवर गौतमका अनुसार २४ घण्टामा चार महिला र १० जना पुरुषको मृत्यु भएको हो। सुनसरीकी ७४ वर्षीया,बाराकी ४७, महोत्तरी ६२ र काठमाडौ कि ७२ वर्षीया महिलाको आइतबार निधन भएको हो।


त्यसै गरि कोरोनाबाट मृत्यु हुनेमा सुनसरीका ६०,मोराङ ६२,महो ७० र ३५, रौतहट ३०,ललितपुरका २९,भक्तपुर का ६५, नवलपरासीका ६२,रुपन्देहीका ५७ र ६७ वर्षी पुरुषको मृत्यु भएको गौतमले जानकारी दिए। कोरोना संक्रमण बाट डिस्चार्ज हुने पनि २४ घन्टामा २ सय ६७ जना रहेको छन् । यो संगै कोरोन जित्नेको संख्या २० हजार ८ सय २२ पुगेको जानकारी गराए गौतमले ।अहिले क्वारेन्टाइनमा ७ हजार ७ सय ९७ जना छन् ।


नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार ५ सय १८ रहेको छ। संस्थागत आइसोलेसनमा १० हजार ६ सय १२ जना छन् भने होम आइसोलेसनमा ६ हजार ९ सय ६ जना छन् ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला