Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share


काठमाडौं । असोज २७ गते

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोना महामारीकाबीच पनि खाद्यबस्तुको मूल्यबृद्धि नियन्त्रणमा रहेको दावी गर्नुभएको छ । चेम्वर दिवस २०७७ तथा नेपाल चेम्वर अफ कमर्शको ७० औं बर्षको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री भट्टले कोरोना महामारीको अवस्थामा पनि नेपालमा एकाध बस्तु बाहेक खाद्यान्न लगाएत अन्य खाद्य बस्तु महङ्गो नभएको दावी गर्नुभएको हो ।

आन्तरिक उत्पादनलाई बढावा दिनका लागि सरकारले कच्चा पदार्थको करको दर क्रमश घटाउदै लगिएको उहाको भनाई छ ।कार्यक्रममा चेम्वरका अध्यक्ष राजेशकाजी श्रेष्ठले राजस्व बढाउनका लागि सरकारले भन्सार दर घटाउनुपर्ने र यसका लागि कारोबार मूल्यलाई आधार मान्नुपर्ने बताउनुभयो ।उहाले छिमेकी राष्ट्र भारतमा समेत आयात दर घटाएको तर नेपालमा भने करको दर बढ्दै गएकाले व्यापारिहरु मर्कामा परेको धारणा राख्नुभयो । कार्यक्रममा मन्त्री भट्टले चेम्वरको झण्डोतोलन गर्नुभएको थियो ।

उहाले अहिले नेपालको व्यापार घाटा घटाउने, निर्यातलाई बढाउने र लगानी भित्राउने बिषयमा ध्यान केन्द्रीत रहेको उल्लेख गर्नुभयो । आर्थिक क्षेत्रको प्रगती र देशलाई औधोगीकरणतर्फ अघि बढाउनका लागि नीति क्षेत्रको सहकार्य आवश्यक रहेको उहाले बताउनुभयो ।मन्त्री भट्टले आफुले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार सम्हालेपछि करको क्षेत्रमा धेरै सुधार भएको समेत दावी गर्नुभयो ।