Spread the love
  • 35
  •  
  •  
  •  
  •  
  •  
    35
    Shares


काठमाडौं । असोज २७ गते
हरियो धनियाँ हरेक मानिसको भान्सामा सजिलै पाइन्छ । यसलाई विषेश गरी अचार र मसलाको रुपमा प्रयोग गरिन्छ भने मिठो स्वादका लागि दाल तरकारी,माछा,मासुमा पनि यसको प्रयोग धेरै गरिन्छ । हरियो धनिया जुनसुकै सिजनमा पनि बजारमा सजिलै पाइन्छ । यसको सुगन्ध एकदमै मिठो हुन्छ । त्यसैले धनियाँ मन नपाराउने मानिस सादेह विरलै होलान् । हरियो धनियामा भिटामिन सी, भिटामिन के, खनिज पदार्थ र प्रोटिन जस्ता पोषक तत्वहरु पाइने हुँदा यो स्वादका लागि भन्दा पनि औषधिका लागि निकै महत्वपूर्ण सावित हुन्छ । हरियो भनियाँ मानव शरिरका लागि निकै उपयोगी मानिन्छ । यसलाई मसलाका रुपमा मात्र नभएर आर्योवेदिक ओषधीका रुपमा पनि प्रयोग गरिन्छ । धनियाँ सेवन गर्नुका निकै धफाइदाहरु रहेका जुन निम्न प्रकार छन् ।

१ हरियो धनियाँमा भिटामिन ए को मात्रा प्रर्याप्त हुने भएकाले यसको नियमित सेवनले आँखाको रोशनी बढ्छ ।
२ हरियो धनियाँको पातलाई पिसेर यसको जुस बनाएर खादा पाँचन प्रणालीलाई सुधार गर्छ ।
३एक चम्चा भनियाँको सरमा काचो बेसार मिसाएर लगाउँदा छालामा चमक आउँछ ।
४ मिश्री र हरियो धनियाँको पात मिसाएर सेवन गर्नाले श्वासप्रश्वास सम्बन्धी र निन्द्रा नलाग्ने समस्याबाट छुटकारा पाउन सकिन्छ ।
५ आधा गिरास तातो मानीमा दुई चम्चा धनियाको रस मिसाएर खाँदा पेट सम्बन्धी समस्याको लागि एकदमै उपयोगी हुन्छ ।
६ नियमित रुपमा हरियो धनियाँ सेवन गर्नाले कपाल झर्ने सम्यया पनि कम हुन्छ ।