×

TUNGOON

नेपालमा कोरोनाको स्थिति भयावह बन्दै, आज नेपालमा ३,५५६ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं। असोज २७ गते
स्वास्थ्य मन्त्रालयका अनुसार आज देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा नेपालमा थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।त्यस्तै काठमाडौं उपत्यकामा थप २१ सय २९ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार काठमाण्डौमा १ हजार ७ सय ४६, भक्तपुरमा १६७ र ललितपुरमा २२६ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो ।यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ३५८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १८ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना कारण ज्यान गुमाउनेको संख्या ६६३ पुगेको छ ।

त्यस्तै आज थप १ हजार ५०३ जना डिष्चार्ज भएका छन् । यो संगै नेपालमा कोरोना निको हुनेको संख्या ७८ हजार ७८० पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ३५ हजार ९१५ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिनुभयो ।यस्तै होम आइशोलेशनमा २० हजार ८६७ जना रहेका छन् भने संस्थागत आइशोलेशनमा १५ हजार ४८ जना रहेका छन् । त्यस्तै क्वारेन्टाइनमा ४ हजार ७९५ हजार जना रहेका छन् । त्यस्तै हालसम्म १२ लाख ७ हजार ९१ वटा पिसिआर भएको मन्त्रालयले जनाएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला