×

TUNGOON

भारतमा एकै दिन ६३ हजार भन्दा बढी कोरोना संक्रमित थपिए


काठमाडौं । असोज २८ गते
भारतमा एकै दिन ६३ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । गएको २४ घण्टामा ६३ हजार ५१७ जना नयाँ संक्रमित थपिएका हुन ।नयाँ संक्रमित थपिएसंगै भारतमा कुल कोरोना संक्रमितको संख्या ७२ लाख ३७ हजार ८२ पुगेको छ । त्यस्तै गएको २४ घण्टामा भारमा ७२३ जनाको मृत्यु भएको छ भने हाल सम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १ लाख १० हजार नाघेको छ । भारत कोरोना संक्रमित बढी हुने देशहरुको सुचिमा हाल दोस्रो स्थानमा रहेको छ जहाँ सक्रिय संक्रमितको संख्या ८ लाख २७ हजार ७६० रहेका छन् । भारतमा हालसम्म ६२ लाख २४ हजार भन्दा बढीले कोरोना जितेर घर फकिएका छन् ।

त्यस्तै कोरोना संक्रमित सबै भन्दा बढी अमेरिकामा रहेका छन् । जहाँ कुल कोरोना संक्रमितको संख्या ८० लाख ९० हजार नाघेको छ भने गएको २४ घण्टामा ५१ ह्जार ५३४ जना नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा हालसम्म २ लाख २० हजार भन्दा बढीले कोरोनाका कारण ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा ८४३ जनाको मृत्यु भएको छ ।

त्यसैगरि ब्राजिल कोरोना बढी हुने देशहरुको सुचिमा तेस्रो स्थानमा रहेको छ । ब्राजिलमा गएको २४ घण्टामा ११ हजार ४१३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । नयाँ संक्रमित थपिएसँगै ब्राजिलमा कुल संक्रमितको संख्या ५१ लाख १४ हजार ८२३ पुगेको छ । गएको २४ घण्टामा ३५४ जनाको मृत्यु भएको भने हालसम्म १ लाख १० हजार भन्दा बढीले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै विश्वभर कुल कोरोना संक्रमितको संख्या ३ करोढ ८३ लाख नाघेको छ भने मृत्यु हुनेको संख्या १० लाख ९० हजार ६१७ पुगेको वोल्डोमिटर्सले जनाएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला