×

TUNGOON

नेकपाका अध्यक्षद्धयबिचको छलफल निष्कर्ष बिहिन


काठमाडौं । असोज २८
कर्णाली संसदीय दलमा समस्या देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको आजको छलफल बिना निष्कर्ष टुङ्गिएको छ । आज बालुवाटारमा भएको छलफलमा ठोस निष्कर्ष ननिस्किएको र नियमित कुराकानी मात्रै भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिनुभयो ।

उहाँका अनुसार कर्णाली प्रदेशका पदाधिकारी, प्रदेशका सहइन्चार्ज यामलाल कँडेल, अध्यक्ष गोरखबहादुर बोगटी, सचिव मायाप्रसाद शर्मा, निलम्बन गरिएका मुख्य सचेतक गुलाबजंग शाह, मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित नेताहरू काठमाडौं झिकाइएको छ । बिहीबार दुवै अध्यक्ष बसेर छलफल गर्ने कार्यसूची छ । त्यसपछि मात्रै यो समस्या किनारा लाग्ने बालुवाटार स्रोतले बताएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला