×

TUNGOON

तत्काल हुम्लामा सीमा विज्ञ पठाउन कांग्रेसका वरिष्ठ नेता पौडेलको आग्रह



काठमाडौं । असोज २८ गते
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तत्काल हुम्लामा सीमा विज्ञ पठाउन माग गर्नु भएको छ ।आज सामाजिक सञ्जालमा ट्वीटर मार्फत नेता पौडेलले चीनले नेपाली भूमि मिचेर भवन बनाएको हो या होइन यकिन गर्नका लागि सीमामा विज्ञ टोली पठाउन आग्रह गर्नु भएको हो ।

चीनले बनाएको भवन सिमानाभन्दा १ किलोमिटर पर रहेकाले हुम्लामा सीमा विज्ञ पठाएर स्थलगत अध्ययनको प्रतिवेदन पूरा नआई प्रतिकृया दिने सरकारले जनतासँग माफी माग्नु पर्ने उहाँको भनाई थियो । उहाँले जीवन शाही टोलीको मागअनुसार हुम्ला सीमामा तुरुन्तै विज्ञ टोली खटाई आफ्नो भूमि मिचिएको हो होइन सत्य तथ्य पत्ता लगाउनु पर्ने धारणा व्यक्त गर्नु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला