×

TUNGOON

लोकसेवाको परीक्षा यथास्थितिमा राख्‍न सर्वोच्चको आदेश



काठमाडौं । असोज २८ गते
अहिले नेपालमा लोकसेवा आयोगको तयारीमा लागेका विद्यार्थीहरु अन्यौलमा परेका छन् । यसअघि लोकसेवा आयोगले स्थगित भएका परिक्षा सञ्चालन गर्ने भन्दै विज्ञप्ती निकालेको थियो । तर कोरोना संक्रमितलाई क्षति हुने भन्दै लोकसेवाको परीक्षा यथास्थितिमा राख्‍न सर्वोच्चले आदेश दिएको छ ।

सर्वोच्च अदालतले लोकसेवा आयोगको लिखित परीक्षा उत्तीर्ण गरेर कारोना संक्रमणका कारण अन्तर्वार्तामा सहभागी हुन नसक्ने अवस्था रहेको भन्दै सूचना प्रविधि विज्ञ पदको काम–कारबाही यथास्थितिमा राख्‍न आदेश दिएको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले राजपत्रांकित प्रथम श्रेणीको सूचना प्रविधि विज्ञ पद यथास्थितिमा राख्‍न अन्तरिम आदेश जारी गरेको हो । नेपालमा लाखौंको संख्यामा विद्यार्थीहरु लोकसेवाको तयारी गरिरहेका छन् ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला