×

TUNGOON

सिन्धुपाल्चोकका बाढी पहिरो पीडित छिरिङ गोले र रोजिना बस्नेतको उच्च शिक्षा अध्ययनको जिम्मा ,,,मोहन बस्नेत


काठमाडौं । असोज २८ गते
पूर्व मन्त्री मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोकका बाढी पहिरो पीडित छिरिङ गोले र रोजिना बस्नेतको उच्च शिक्षा अध्ययनको जिम्मा लिएका छन् ।यसैवर्ष एसईई उत्तिण गरेका छिरिङ र रोजिना बाढीपहिरोबाट पीडित भएकै कारण उच्च शिक्षा पाउनबाट बञ्चित भएकाले उनलाई पूर्व मन्त्री बस्नेतले काठमाडौंको क्यापिटल कलेज एण्ड रिसर्च सेन्टरमा भर्ना गरेका गर्नुभएको हो । छिरिङ सो कलेजमा विज्ञान संकायमा भर्ना भएकी छन् भने रोजिना व्यवगस्थापन संकायमा भर्ना भएकी छन् ।

उनीहरुको पहिलो वर्षको भर्ना शुल्कमा कलेजले पनि ६० प्रतिशत छुट गरेको पूर्व मन्त्री बस्नेतले बताउनु भयो । उनीहरुले पढ्न चाहेको विषयमा स्नातक तहसम्मको शिक्षाको जिम्मा आफुले लिएको पूर्व मन्त्री बस्नेतले बताउनु भयो ।दुवैजनालाई काठमाडौंमा बस्नको लागि लिलाघर भण्डारीले निशुल्क होस्टलको व्यवस्था समेत गरेका छन् । आर्थिक अवस्था कमजोर भएकाले पढ्न नपाइ घरमै बस्नुभएकी रोजिनाले पूर्व मन्त्री बस्नेतको सहयोगमा आफुले निशुल्क पढ्न पाएकोमा खुसी हुनुभएको छ । उहाँले राम्रोसँग पढेर आफ्नो सपना पूरा गर्ने बताउनु भयो । गत असार २५ गते सिन्धुपाल्चोकका आएको पहिरोमा परी छिरिङले सम्पूर्ण परिवार गुमाएकी थिइन् । यस्तै रोजिनाको बाबु अपाङ्गता भएका व्यक्ति हुन् ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला