×

TUNGOON

आज सेयर बजार ७.४२ अंकले ओरालो लाग्यो


काठमाडौं असोज २८ गते
आज सेयर बजार (नेप्से) सूचक ७.४२ अंकले घटेर १५६१.१७ बिन्दुमा आइपुगेको छ । १९५ कम्पनीको १ अर्ब २९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ५२ लाख ९१ हजार ३ सय १४ कित्ता सेयर खरिदबिक्री भएका छन् । होटेल बाहेक कारोबारमा आएका सबै समूहका सूचक घटेका छन् । वाणिज्य बैंक समूहको सूचक ३।५९ अंकले घटेको छ । सानिमा बैंकको सबैभन्दा धेरै ७ करोड २५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यस दिन जनरल इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा बढी ९.८४ प्रतिशतले कमाएका छन ।

नेपाल फाइनान्सको पनि भाउ ९।७५प्रतिशतले बढेको छ । घलेम्दी हाइड्रो पावरको भाउ सबैभन्दा बढी ७.२६ प्रतिशतले घटेको छ ।दशै तिहार जस्ता महान चाडहरु नजिकिदै छन् । लगानीकर्ताहरु खर्च जोहो गर्न थालेका छन् जसका कारण खरिद बिक्रिमा चाप परेको छ । अर्कोतर्फ लगानीकर्ताहरु प्रथम त्रैमासमा बैंकको साँवा र ब्याजको भुक्तानी गर्नका लागि पनि दबाब पर्ने गर्दछन् । यसकारण पनि बजारमा दबाव परेको अनुमान गरिएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला