×

TUNGOON

आज नेपालमा थप २ हजार ६३८ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं । असोज २८ गते
आज नेपालमा थप २ हजार ६३८ जना कोरोना संक्रमिण थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप २ हजार ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै काठमाडौं उपत्यकामा थप १ हजार ४ सय ३ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार काठमाडौंमा ९९६, भक्तपुरमा १०२ र ललितपुरमा ३०५ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ९९६ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोना कारण ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ । त्यस्तै आज थप २ हजार १७४ जना डिष्चार्ज भएका छन् । योसंगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ८० हजार ९५४ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।त्यस्तै हाल होम आइसोलेसनमा २१ हजार ५४८ जना रहेका छन् भने संस्थागत आइशोलेशनमा १४ हजार ८१९ जना रहेकाछन् भने क्वारेन्टाइनमा ४ हजार ६६६ हजार जना रहेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ९४७ पीसीआर परीक्षण गरिएको छ । नेपाल हालसम्म १२ लाख २१ हजार ३८ वटा पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला