×

TUNGOON

आज नेपालमा ३ हजार ७४९ जना कोरोना संक्रमित थपिए



काठमार्डां । असोज २९ गते
नेपालमा आज नेपालमा थप ३ हजार ७ सय ४९ जना कोरोना सक्रमित थपिएका छन् छ ।स्वास्थ्य मन्त्रालयका अनुसार देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप ३ हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै काठमाडौं उपत्यकामा थप १ हजार ९३४ जनामा कोरोना पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार काठमाडौंमा १ हजार ६९२ भक्तपुरमा १३४ र ललितपुरमा १०८ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो ।यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १९ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोना कारण ज्यान गुमाउनेको संख्या ६९४ पुगेको छ ।त्यस्तै बिहिबार थप ३ हजार ५६४ जना डिष्चार्ज भएका छन् । योसंगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ८४ हजार ५१८ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ३६ हजार ५३३ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।त्यस्तै हाल होम आइसोलेसनमा २४ हजार १९४ जना रहेका छन् भने संस्थागत आइशोलेशनमा १२ हजार ३३९ जना रहेकाछन् भने क्वारेन्टाइनमा ४ हजार ८२५ जना रहेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ५९८ पीसीआर परीक्षण गरिएको छ । हालसम्म १२ लाख ३७ हजार ६३६ पीसीआर परीक्षण भएको प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला