×

TUNGOON

सूचना र सञ्चार क्षेत्रको समस्या पहिचान गरी त्यसको समाधान गर्ने ः पार्वत गुरुङ



काठमाडौं । असोज २९ गते
सूचना, सञ्चार तथा प्रविधिमन्त्री पार्वत गुरुङले सूचना र सञ्चार क्षेत्रको समस्या पहिचान गरी त्यसको समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।सञ्चार मन्त्रालयमा बिहिबार पलवाहाली गर्दै मन्त्री गुरुङले सञ्चार क्षेत्रलाई मर्यादित बनाउन, सञ्चार क्षेत्रको गरिमा माथि उठाउन र सरकारले गरेका कामलाई प्रभावकारी बनाउन सञ्चार क्षेत्रसँग समन्वय गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।उहाँले सञ्चार र सूचना प्रणालीलाई छिटो र व्यवस्थित बनाउने पनि बताउनु भयो ।

सञ्चार मन्त्रालयले मात्र नभइ सबै मन्त्रालयका प्रवक्ताहरुले मन्त्रालयहरुले गर्ने विकास तथा कार्यक्रमबारे सहि सूचना समयमै सम्प्रेशण गर्नुपर्ने मन्त्री गुरुङले बताउनु भयो । सञ्चार मन्त्रालयमा भएका चुनौतीहरुलाई सहज रुपमा हल गर्न आफु सक्षम रहेको मन्त्री गुरुङको भनाइ छ ।सञ्चार जगतका कमिकमजोरी तथा अभ्यासलाई पहिचान गरी त्यसको अन्त्यका लागि आफुले गरेका हरेक कामको एकसय दिन औपचारीक जानकारी गराउने पनि मन्त्री गुरुङले बताउनु भयो ।आफुले कुनै गलत कार्य नगर्ने र कुनै पनि सञ्चारमाध्यमले गलत गरेमा उक्त कुरा पनि मान्य नहुने पनि उहाँले बताउनु भयो ।कोभिड १९ को महामारीको समयमा इन्टरनेटको माध्यमबाट बालबालिकाको अध्ययनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिदै मन्त्री गुरुङले मन्त्रालयमा भएका गलत कार्यलाई पनि आफुले सुधार गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।पदवाहाली गर्दै मन्त्री गुरुङले बिहिबार नै दूरसञ्चार नीति ,साइबर सुरक्षा नीति, सूचना प्रविधि नीति बनाउन कार्यदल गठन गर्नुभएको छ ।नेपालमा सबै भू–भागमा इन्टरनेट र टेलिफोन सेवा पु¥याउन अप्टिकल फाइबरको सेवा विस्तार गर्न प्रक्रिया अघि बढाइएको सञ्चार सचिव हरि प्रसाद बस्यालले बताउनु भयो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला