×

TUNGOON

यस्ता छन् भिन्डीको तरकारी खानुका अचुक फाइदाहरु



काठमाडौं । असोज ३० गते
भिन्डी हरेक मौसममा सजिलै पाइने एक प्रकारको तरकारी हो । भिन्डी तरकारीमा सबैभन्दा बढी प्रयोग गरिन्छ । नेपालमा भिन्डीबाट अचार, तरकारी लगायत विभिन्न परिकारहरु बनाएर खाने गरिन्छ । भिन्डी स्वादका लागि मात्र नभरु स्वस्थका लागि पनि निकै लाभदायक मानिन्छ । यसमा प्रोटीन, रेशा, कार्बोहाइट्रेड, फास्फोरस, आइरन, म्याग्रीसियनम, पोटासियम, सोडियम र कपर पाइन्छ । जसले शरीरको पूर्ण विकासमा मद्दत पुर्‍याउँछ । खानपानलाई ध्यान दिन सकियो भने शरीरमा आवश्यक पर्ने पोषक तत्वसहित अन्य तत्वहरुको पूर्ती गर्न सकिन्छ । तर, भिन्डीमा भएको पोषक तत्वले त्यस्ता रसायनहरुको स्तरलाई नियन्त्रण गर्छ र शरीरमा थकान घटाउनका लागी सहयोग गर्छ । त्यसैले गर्मीमा भेन्डिको तरकारी प्रयोग फाइदाजनक हुन्छ । भिन्डी खानुका फाईदाहरु यसप्रकार छन् ः

१.भिन्डीमा भिटामिन बी ९ र फोलिक एसिड तत्व हुन्छ जसले गर्भवती महिलाको नवजात शिशु न्युरोलोजिकल बर्थ डिफेक्ट रोक्न मदद गर्नुका साथै मुटुको रोगबाट बचाउने काम गर्छ ।

२.भिन्डीमा रहेको हाइ एन्टी अक्सिडेट सेल फ्री रेडिकल सेल्सलाई बिग्रिनुबाट जोगाउँछ जसले मानिसलाई क्यान्सर जस्ता घातक रोग लाग्नबाट बचाउँछ ।

३.भिन्डीमा भिटामिन बी ९ जस्तो पोषक तत्व हुन्छ जसले मस्तिष्कलाई स्वस्थ राख्न मदत गर्छ ।

४.भिन्डीको नियमित सेवनले तौल घटाउन सहयोग । भिन्डीमा कम क्यालोरी हुन्छ भने फाइबरको मात्रा धेरै हन्छ जसले गर्दा पेटभरी भिन्डी खाए पनि कम क्यालोरी शरिरले प्राप्त गर्छ र मोटपनबाट बचाउँन मदत गर्छ । १०० ग्राम भिन्डीमा ३३ क्यालोरी हुन्छ ।

५.डायबिटिजका बिरामीहरुलाई भिन्डीको एकदमै उपयोगी हुन्छ । फाइबरले भरपुर भिन्डीले पाचन प्रक्रियामा शुगर अवशोषणको दरलाई नियन्त्रित गरी ब्लड सुगर लेबल कन्ट्रोल गर्ने काम गर्छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला