×

TUNGOON

कक्षा १२ को बार्षिक परीक्षा वैकल्पिक व्यवस्थामार्फत सञ्चालन गर्न कांग्रेसको आग्रह



काठमाडौं । असोज ३० गते

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कक्षा १२ को बार्षिक परीक्षा वैकल्पिक व्यवस्थामार्फत सञ्चालन गर्न आग्रह गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण सात महिनादेखि रोकिएको कक्षा १२ को परीक्षण अझै सञ्जालन गर्न सकिएको छैन । काठमाडौं उपत्यका लगाएत देशभर कोरोना संक्रमण तिव्र रुपमा फैलिएकाले परिक्षा कसरी गर्ने भन्ने सरकार र परिक्ष कहिले हुन्छ भन्ने विद्यार्थीमा अन्यौलता ।

कांग्रेसका शिक्षा विभागका सचिव डा. कृष्णप्रसाद पौडेलले विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गर्ने गरी परीक्षा जस्तो विषयमा सरकार उदासीन देखिएकोमा खेद प्रकट गर्नुभएको छ । उहाँले बैकल्पिक व्यवस्थामार्फत परीक्षा सञ्चालन गर्ने व्यवस्था गर्न शिक्षा मन्त्रालयलाई आग्रह गर्नुभएको छ । विज्ञप्तिमा कक्षा १२ को परीक्षा अगावै विचौलियाले स्नातक तहको इन्जिनियरिङ लगायत कार्यक्रममा डोनेसनको आधारमा विद्यार्थी भर्ना गरेको भन्ने बुझिएको भन्दै विचौलियालाई कानुनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराइएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला