×

TUNGOON

नेपालमा आज थप ४ हजार ३९२ जनामा कोरोना संक्रमण पुष्टि



माठमाडौं । असोज ३० गते
नेपालमा आज थप ४ हजार ३९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप ४ हजार ३९२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै काठमाडौं उपत्यकामा थप २ हजार ४०२ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार काठमाडौंमा १ हजार ७८४, भक्तपुरमा २४४ र ललितपुरमा ३७४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो ।े संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १३७ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप २१ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोना कारण ज्यान गुमाउनेको संख्या ७१५ पुगेको छ ।त्यस्तै आज थप ३ हजार ५२२ जना डिष्चार्ज भएका छन् । योसंगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ८८ हजार ४० पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ३७ हजार ३८२ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।त्यस्तै हाल होम आइसोलेसनमा २५ हजार ४६ जना रहेका छन् भने संस्थागत आइशोलेशनमा १२ हजार ३३६ जना रहेकाछन् भने क्वारेन्टाइनमा ४ हजार ८०८ जना रहेका छन् ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ५३१ पीसीआर परीक्षण गरिएको छ । हालसम्म १२ लाख ५४ हजार १६७ पीसीआर परीक्षण भएको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला