Spread the love
  • 6
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares


काठमाडौं । कार्तिक १ गते
भारतमा एकै दिन ६५ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । गएको २४ घण्टामा ६५ हजार १२६ जना नयाँ संक्रमित थपिएका हुन ।नयाँ संक्रमित थपिएसंगै भारतमा कुल कोरोना संक्रमितको संख्या ७४ लाख ३० हजार ६३५ पुगेको छ । त्यस्तै गएको २४ घण्टामा भारमा ८८६ जनाको मृत्यु भएको छ भने हाल सम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १ लाख १३ हजार नाघेको छ । भारत कोरोना संक्रमित बढी हुने देशहरुको सुचिमा हाल दोस्रो स्थानमा रहेको छ जहाँ सक्रिय संक्रमितको संख्या ७ लाख ९५ हजार ९६९ रहेका छन् । भारतमा हालसम्म ६५ लाख २१ हजार भन्दा बढीले कोरोना जितेर घर फकिएका छन् ।

त्यस्तै कोरोना संक्रमित सबै भन्दा बढी अमेरिकामा रहेका छन् । जहाँ कुल कोरोना संक्रमितको संख्या ८२ लाख ८८ हजार नाघेको छ भने गएको २४ घण्टामा ७१ ह्जार ६८७ जना नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा हालसम्म २ लाख २३ हजार भन्दा बढीले कोरोनाका कारण ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा ९२८ जनाको मृत्यु भएको छ । त्यस्तै विश्वभर कुल कोरोना संक्रमितको संख्या ३ करोढ ९५ लाख नाघेको छ भने मृत्यु हुनेको संख्या ११ लाख ९हजार १३० पुगेको वोल्डोमिटर्सले जनाएको छ ।