Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  


काठमाडौं । कार्तिक २८ गते
आज नेपालमा थप ३१ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप ३१ सय ६७ जनामा कोरोना पुष्टि भएको हो ।मन्त्रालयका अनुसार आज काठमाडौं उपत्यकामा थप १७ सय ४६ जनामा कोरोना देखिएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको छ भने हालसम्म कोरोनाका कारण ७२७ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार आज थप १८ सय जना संक्रमित निको भएर डिष्चार्ज भएका छन् । हालसम्म नेपालमा कोरोनालाई जित्नेको संख्या ८९ हजार ८४० पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।हाल देशभरि ३८ हजार ७३७ जनामा सक्रिय सङ्क्रमण छ । जसमध्ये १३ हजार २९९ जना संस्थागत आइसोलेशनमा र बाँकी २५ हजार ४३८ जना होम आइशोलेशनमा बसिरहेको मन्त्रालयका प्रवक्ता गौतमले बताउनुभयो ।