Spread the love
  • 12
  •  
  •  
  •  
  •  
  •  
    12
    Shares


काठमाडौं । कार्तिक २ गते
अम्बामा प्रसस्त मात्रामा प्रोटिन, भिटामिन, मिनरल्स तथा फाइबर पाईन्छ । अम्बालाई फलका रुपमा मात्र नभएर आर्युवेदिक औषधीका रुपमा पनि प्रयोग गरिन्छ । नेपालका अधिकश स्थानमा यसको उत्पादन हुन्छ । अचम्मको विषय त यो छ कि अम्बाको पात फलभन्दा पनि बढी उपयोगी हुन्छ । अम्बाको पातमा दर्जनौँ रोग निको पार्न सक्ने औषधीय गुण हुन्छ ।
अम्बा खानुका फाईदाहरु यसप्रकार छन् ः

१.अम्बाको पातले छालादेखि कपालसम्मलाई फाइदा पुर्याउिँछ । यसले कपालको विकासमा सहयोग पुर्या्उँछ । यदि तपाईं कपाललाई लामो बनाउन वा छिटो हुर्काउन चाहनुहन्छ भने पनि अम्बाको पात उपयोगी हुन सक्छ ।

२.अम्बाको पात पिसेर शरीरका विभिन्न जोर्नीमा लगाएमा जोर्नी दुख्ने, सुन्निनेलगायतका समस्या समाधान गर्छ ।यसले दाँत, घाँटीको दुखाइलाई पनिनिको पार्दछ ।

३.अम्बामा प्रोटिन भिटामिन, मिनरल्स लगायतका खनिज पदार्थ पाइन्छ । अम्बामा पाइने फाइबरले कोलेस्ट्रोलको मात्रा कम गर्न मद्दत गर्छ । अन्य फलफुलको तुलनामा अम्बामा चिनीको मात्रा समेत कम हुने भएकोले तौल घटाउन मदत गर्छ ।

४अम्बामा चिनीको मात्रा कम हुने भएकाले मधुमेहका विरामीको लागि निकै फाइदाजनक मानिन्छ । दिनमा एउटा अम्बाको पत्ता चपाउनाले मात्र पनि मधुमेह नियन्त्रण हुने भएकोले मधुमेहका रोगीहरुलाई दैनिक अम्बा खान सल्लाह इनिे गरिन्छ ।

५.अम्बामा भरपूर मात्रामा भिटामिन सि पाइन्छ , जुन शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनमा निकै लाभदायक मानिन्छ ।

६.अम्बामा कालो मरिच तथा नुन मिसाएर खानाले कफको समस्या हट्छ । त्यस्तै, पाकेको अम्बा खाएपश्चात्त मनतातो पानीको सेवनले ज्वरोबाट छुटकारा पाइन्छ ।

७.यदी कसैलाई दातमा समस्या छ भने अम्बाको पत्तालाई हल्का रुपमा चपाउनुपर्छ । त्यस्तै, अम्बाको पत्तालाई मनतातो पानीमा उमालेर पिउनाले गिजाको सुजन तथा दातको दुखाईबाट राहत प्रदान गर्छ । त्यस्तै अम्बाको पत्तालाई पिसेर मुखमा लाउनाले सास गन्हाउने समस्याबाट समेत राहत मिल्छ ।

८.कब्जियत तथा पेट सम्बन्धि समस्यामा अम्बा रामबाण सावित हुने गर्छ । पेटमा पीडा होस् वा झाडापखाला, अम्बामा नुन हालेर खाएमा यसले तुरुन्तै आराम दिन्छ ।

९. अम्बाको पत्ताले झाडापखाला फैलाउने व्याक्टेरियालाई रोक्छ । त्यस्तै अम्बाको पत्ता चपाउनाले पेटको समस्याबाट राहत दिनुका साथै कब्जियतको समस्या समेत हटाउँछ ।

१०.अम्बामा भरपूर मात्रामा भिटामिन ए पाइन्छ । जुन आखाको लागि लाभदायक छ । अम्बाको सेवनले रतन्दो तथा मोतियाविन्दु हुनबाट आखालाई बचाउँछ ।

११.अम्बाको सेवनले अनुहारको चाउरीपना कम हुनुका साथै अनुहार कालो हुनबाट जोगाउँछ । त्यस्तै, यसले अनुहारको रँगलाई समेत कायम राख्छ ।

१२.यदी कसैलाई मदिरा वा भाङको नशा भएमा अम्बाको पत्ताको रस निकै लाभदायक मानिन्छ । अम्बाको पत्ता चपाउनाले मात्र पनि मदिराको ह्याङओभर कम गर्न तथा नशा कम गर्न मद्दत मिल्छ ।