Spread the love
  • 3
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares


काठमाडौं । कार्तिक २ गते
नेपालमा आज थप २ हजार ९ सय ४२ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप २ हजार ९ सय ४२ जनामा कोरोना पुष्टि भएको हो । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा थप १ हजार ६ सय ९८ जनामा कोरोना देखिएको छ । जसअनुसार काठमाडौमा १ हजार ४ सय ६९ , भक्तपुरमा ९९ र ललितपुरमा १ सय ३० जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार २ सय ४६ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको छ भने हालसम्म कोरोनाका कारण ७ सय ३९ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार आइतबार थप २ हजार ३ सय २६ जना संक्रमित निको भएर डिष्चार्ज भएका छन् भने हाल सम्म ९२ हजार १ सय ६६ जना संक्रमित निको भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । हाल सक्रिय संक्रमितको संख्या ३९ हजार ३ सय ४१ रहेको छ । त्यस्तै होम आइशोलेशनमा २६ हजार ४ सय ८ जना रहेका छन् भने संस्थागत आइशोलेशनमा १२ हजार ९ सय ३३ जना रहेका छन् । नेपालमा हालसम्म १२ लाख ८३ हजार ३५४ वटा पिसिआर परिक्षण गरिएको छ ।