Spread the love
  • 11
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares


काठमाडौ। । कार्तिक २ गते
राम्रो कपाल जो कोहीलाई पनि मन पर्छ । विशेष गरि केटीमान्छे कपालको निकै केयर गर्छन् । हरेक युवतीहरु कपाल लामो बनाउने सौन्दर्य प्रशाधनको खोजीमा भौतारिइरहेका हुन्छन् भनिन्छ कपाल नारीको हगना हो ।

हरेक युवतीहरु कपाल लामो बनाउने सौन्दर्यको खोजीमा भौतारिइरहेका हुन्छन् । अहिलेको बढ्दो वातावरण प्रदुषणका कारणले कपाल झर्ने, चाया पर्ने, आदि समस्याहरु अधिक मात्रामा देखा पर्न थालेका छन् । अहिले बजारमा आएका बिभिन्न रासायनि पर्दाथको मिसावट भएका सामानको प्रयोग गर्नाले कपालको सौन्र्दता विग्रिदै जान्छ । लामो, कालो,बाक्लो कपाल मन नपराउँने मानिस सायद कमै होलान् ।
कपाल कालो, लामो बनाउने घरेलु उपायहरु यसप्रकार छन् ः

१। कागती र प्याजको रसको प्रयोगले कपाल बढ्न सहयोग गर्दछ । कागतीको रसले टाउकोको छाला सफा गर्नुका साथै कपाल झर्न पनि कम गराउँछ । प्याजको रससँग मह कपालको विकासका लागि यो निकै प्रभावकारी उपाय हो । यो प्याकलाई बनाउनका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिसाउनुहोस् । यो पेष्टलाई टाउकोको त्यो भागमा लगाउनुहोस् जहाँ कम कपाल छन् ।
२। घरैमा सर्वसुलभ प्याज कपालको सुन्दरताका लागि उपयोगी हुन्छ भन्ने कमैलाई थाहा होला । प्याज कपाल झर्ने र दुई मुखे कपालका लागि उपयोगी हुन्छ । प्याजमा रहेको सल्फरले कपालको जरालाई पोषण दिन्छ, जसले कपालको विकासका लागि मद्दत पुग्छ । कपाललाई काला, लामो र बाक्लो बनाउँने तरिकाहरु तल दिइएको छ ।
३। तेलसँगै प्याजको रसलाई मिसाएर लगाउँदा कपाल राम्रोसँग बढ्छ र कपालले पर्याप्त पोषण पनि पाउँछ । प्याजको रसलाई तेलसँग मिसाएर टाउकोमा मसाज गर्नुहोस् । त्यसपछि रुमाललाई मनतातो पानीमा डुबाउएर मज्जाले निचोरेपछि कपाललाई बेर्नुपर्छ ।
४। प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुपर्छ । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुपर्छ । यसले कपाललाई बलियो बनाउँनुका साथै कपाल झर्नबाट पनि रोम्न मदत गर्छ ।

५ अण्डा कपालको लागि निकै फाइदाजनक हुन्छ भन्ने कुरा त थाहा नै होला । लामो कपालको चाहना राख्नेहरुका लागि प्याज र अण्डाले बनेको हेयर प्याक निकै लाभकारी मानिन्छ । यो प्याकलाई बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउएर त्यसपछि यो प्याकलाई २०, ३० मिनेट आफ्नो भिजेको कपालमा लगाएर स्याम्पू लगाउनुपर्छ ।

भिडियो हेर्नुस