Spread the love
  • 11
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares

काठमाडौं।कार्तिक २ गते
विगतमा दशैंका लागि काठमाडौंमा खसी बोकाको माग करिब ५० प्रतिशतले बढ्दै आएकोमा यस वर्षको दशैंमा खासै माग नबढ्ने देखिएको छ ।
कोरोना महामारीका कारण अधिकांश मानिस पहिले देखि नै गाउँ गएका र काठमाडौंमा समेत खासै चहल पहल नभएकाले माग धेरै बढ्ने आँकलन व्यवसायीहरुले गरेका हुन् ।काठमाडौंको ठुलो खसीबोका बजारका रुपमा लिइने कलंकी खसी बजारका व्यवसायीले काठमाडौंमा खासै खसी बोकोको माग नबढ्ने आँकलन गरिएको बताएका छन् ।

कलंकी खसी बजारका चौपाया खरिद विक्री प्रालिका अध्यक्ष जनककुमार खड्काले यस वर्ष दशैंमा पनि समान्य अवस्थाको जस्तै खसी बोकाको माग रहने आँक्लन गरिएको बताउनुभयो ।कलंकी खसी बजारबाट सामान्य अवस्थामा मासिक औषत ४० हजार खसी बोका बिक्री हुने गरेको छन् ।खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पनि कात्तिक ३ गते देखि काठमाडौं उपत्यकामा खसीबोका विक्री शुरु गर्ने भएको छ । कम्पनीले बजार मूल्य नियन्त्रणका लागि भन्दै हरेक वर्षको दशैंमा खसी, बोका र च्याङग्रा बिक्री गर्दै आएको छ ।