×

TUNGOON

विश्वभर कुल कोरोना संक्रमितको संख्या ४ करोड नाघ्यो



काठमाडौं । कार्तिक ३ गते
भारतमा एकै दिन ५५ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । गएको २४ घण्टामा ५५ हजार ५११ जना नयाँ संक्रमित थपिएका हुन ।नयाँ संक्रमित थपिएसंगै भारतमा कुल कोरोना संक्रमितको संख्या ७५ लाख ४८ हजार २३८ पुगेको छ । त्यस्तै गएको २४ घण्टामा भारमा ५७८ जनाको मृत्यु भएको छ भने हाल सम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १ लाख १४ हजार नाघेको छ । भारत कोरोना संक्रमित बढी हुने देशहरुको सुचिमा हाल दोस्रो स्थानमा रहेको छ जहाँ सक्रिय संक्रमितको संख्या ७ लाख ७३ हजार ७०७ रहेका छन् । भारतमा हालसम्म ६५ लाख ९४ हजार भन्दा बढीले कोरोना जितेर घर फकिएका छन् ।

त्यस्तै कोरोना संक्रमित सबै भन्दा बढी अमेरिकामा रहेका छन् । जहाँ कुल कोरोना संक्रमितको संख्या ८३ लाख ८७ हजार नाघेको छ भने गएको २४ घण्टामा ४४ ह्जार ९४१ जना नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा हालसम्म २ लाख २४ हजार भन्दा बढीले कोरोनाका कारण ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा ४४८ जनाको मृत्यु भएको छ ।

त्यस्तै विश्वभर कुल कोरोना संक्रमितको संख्या ४ करोढ २ लाख नाघेको छ भने मृत्यु हुनेको संख्या ११ लाख १८ हजार ३२१ पुगेको वोल्डोमिटर्सले जनाएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला