×

TUNGOON

नेपालमा आज थप ३ सय ७९० जनामा कोरोना पुष्टि



काठमाडौं । कार्तिक ३ गते
नेपालमा आज थप ३ सय ७९० जनामा कोरोना पुष्टि भएको छ । परिक्षणका क्रममा थप ३ हजार ७९० जनामा कोरोना पुष्टि भएको हो । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा थप २ हजार ३८८ जनामा कोरोना देखिएको छ । जसअनुसार काठमाडौमा दुई हजार ८ , भक्तपुरमा ९९ र ललितपुरमा २८१ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप १८ जनाको मृत्यु भएको छ भने हालसम्म कोरोनाका कारण ७५७ जनाको मृत्यु भएको छ ।मन्त्रालयका अनुसार आज थप २ हजार ३३५ जना संक्रमित निको भएर डिष्चार्ज भएका छन् भने हाल सम्म ९४ हजार ५०१ जना संक्रमित निको भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।हाल सक्रिय संक्रमितको संख्या ४० हजार ७७८ रहेको छ । हाल क्वारेन्टाइनमा ४ हजार ४७० जना छन् भने नेपालमा हालसम्म १३ लाख ९१८ वटा पिसिआर परिक्षण गरिएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला