×

TUNGOON

भारतमा एकै दिन ४६ हजार भन्दा बढी कोरोना संक्रमित थपिए


काठमाडौं । कार्तिक ४ गते
भारतमा एकै दिन ४६ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । गएको २४ घण्टामा ४६ हजार ३२७जना नयाँ संक्रमित थपिएका हुन ।नयाँ संक्रमित थपिएसंगै भारतमा कुल कोरोना संक्रमितको संख्या ७५ लाख ९४ हजार७३६ पुगेको छ । त्यस्तै गएको २४ घण्टामा भारमा ५९४ जनाको मृत्यु भएको छ भने हाल सम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १ लाख १५ हजार नाघेको छ । भारत कोरोना संक्रमित बढी हुने देशहरुको सुचिमा हाल दोस्रो स्थानमा रहेको छ जहाँ सक्रिय संक्रमितको संख्या ७ लाख ४८ हजार ८३ रहेका छन् । भारतमा हालसम्म ६७ लाख ३० हजार भन्दा बढीले कोरोना जितेर घर फकिएका छन् ।

त्यस्तै कोरोना संक्रमित सबै भन्दा बढी अमेरिकामा रहेका छन् । जहाँ कुल कोरोना संक्रमितको संख्या ८४ लाख ५६ हजार नाघेको छ भने गएको २४ घण्टामा ५७ह्जार ३२७जना नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा हालसम्म २ लाख २५ हजार भन्दा बढीले कोरोनाका कारण ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा ४४२ जनाको मृत्यु भएको छ । त्यस्तै विश्वभर कुल कोरोना संक्रमितको संख्या ४ करोढ ६ लाख नाघेको छ भने मृत्यु हुनेको संख्या ११ लाख २२ हजार ९९२ पुगेको वोल्डोमिटर्सले जनाएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला