×

TUNGOON

ट्राफिक व्यवस्थालाई प्रविधि मैत्री बनाउने योजनाअनुसार कार्य भइरहेको ः महानगरीय ट्राफिक


प्रहरी महाशाखा
काठमाडौं । कार्तिक ४ गते
महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थालाई प्रविधि मैत्री बनाउने योजनाअनुसार कार्य भइरहेको जनाएको छ ।रोटरी क्लब त्रिपुरेश्वरले त्रिपुरेश्वरमा जडान गरेको नयाँ ट्राफिक बत्ति हस्तान्तरण गर्न मंगलबार आयोजित कार्यक्रममा महाशाखका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षण भीम प्रसाद ढकालले ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन काठमाडौं उपत्यकाका मुख्य सडकमा ट्राफिक बत्ति तथा सिसिक्यामेरा जडान गरीएको बताउनुभयो । ढकालले ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने सरकारको योजनाअनुसार काम भइरहेको पनि जानकारी दिनुभयो ।

काठमाडौं उपत्यकामा सिसि क्यामेराको अधिकतम प्रयोग गरेर ट्राफिक नियम उल्लड्घन गर्नेलाई कारबाही गर्ने गरेको उहाँले बताउनु भयो । उहाँले ट्राफिक नियम उल्लङ्घन गर्नेहरुलाई जरिवाना रकम अनलाइनमार्फत तिर्ने व्यवस्था गर्ने योजना रहेको जानकारी दिनुभयो ।कार्यक्रममा रोटरीयन बिज्ञानराज शर्माले उपत्यकामा व्यस्त स्थानमा नै ट्राफिक बत्तिन हुदा समस्या देखिने गरेकाले महाशाखासंगको सहकार्यमा सडकबत्ति राखिएको बताउनु भएको छ । ।ट्राफिक प्रहरीले विभिन्न निकायसँग समन्वय गरेर काठमाडौं उपत्यकाका २६ स्थानमा ट्राफिक बत्ति जडान गरेको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला