Spread the love
  • 2
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares


काठमाडौं कात्तिक ५ गते
भारतमा एकै दिन ५४ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । गएको २४ घण्टामा ५४ हजार ४२२ जना नयाँ संक्रमित थपिएका हुन ।नयाँ संक्रमित थपिएसंगै भारतमा कुल कोरोना संक्रमितको संख्या ७६ लाख ४९ हजार १५८ पुगेको छ । त्यस्तै गएको २४ घण्टामा भारमा ७१४ जनाको मृत्यु भएको छ भने हाल सम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १ लाख १५ हजार नाघेको छ । भारत कोरोना संक्रमित बढी हुने देशहरुको सुचिमा हाल दोस्रो स्थानमा रहेको छ जहाँ सक्रिय संक्रमितको संख्या ७ लाख ४० हजार ६५८ रहेका छन् । भारतमा हालसम्म ६७ लाख ९२ हजार भन्दा बढीले कोरोना जितेर घर फकिएका छन् ।

त्यस्तै कोरोना संक्रमित सबै भन्दा बढी अमेरिकामा रहेका छन् । जहाँ कुल कोरोना संक्रमितको संख्या ८५ लाख २० हजार नाघेको छ भने गएको २४ घण्टामा ६१ ह्जार ४२९ जना नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा हालसम्म २ लाख २६ हजार भन्दा बढीले कोरोनाका कारण ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा ९१७ जनाको मृत्यु भएको छ ।

त्यस्तै विश्वभर कुल कोरोना संक्रमितको संख्या ४ करोढ १० लाख नाघेको छ भने मृत्यु हुनेको संख्या ११ लाख २९ हजार ५९१ पुगेको वोल्डोमिटर्सले जनाएको छ ।