Spread the love
  • 11
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares


काठमाडौं । कात्तिक ७ गते
भारतमा एकै दिन ५४ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । गएको २४ घण्टामा ५४ हजार ४८२ जना नयाँ संक्रमित थपिएका हुन ।नयाँ संक्रमित थपिएसंगै भारतमा कुल कोरोना संक्रमितको संख्या ७७ लाख ५९ हजार ६४० पुगेको छ । त्यस्तै गएको २४ घण्टामा भारमा ६८३ जनाको मृत्यु भएको छ भने हाल सम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १ लाख १७ हजार नाघेको छ । भारत कोरोना संक्रमित बढी हुने देशहरुको सुचिमा हाल दोस्रो स्थानमा रहेको छ जहाँ सक्रिय संक्रमितको संख्या ६ लाख ९५ हजार ९७९ रहेका छन् । भारतमा हालसम्म ६९ लाख ४६ हजार भन्दा बढीले कोरोना जितेर घर फकिएका छन् ।

त्यस्तै कोरोना संक्रमित सबै भन्दा बढी अमेरिकामा रहेका छन् । जहाँ कुल कोरोना संक्रमितको संख्या ८६ लाख ६१ हजार नाघेको छ भने गएको २४ घण्टामा ७४ ह्जार ३०१ जना नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा हालसम्म २ लाख २८ हजार भन्दा बढीले कोरोनाका कारण ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा ९७३ जनाको मृत्यु भएको छ ।

त्यस्तै विश्वभर कुल कोरोना संक्रमितको संख्या ४ करोढ १९ लाख नाघेको छ भने मृत्यु हुनेको संख्या ११ लाख ४२ हजार ७३१ पुगेको वोल्डोमिटर्सले जनाएको छ ।