Spread the love
  • 11
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares


काठमाण्डौ, कात्तिक ८ गते
आज देशभर थप २ हजार २ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप २ हजार २ सय २५ जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयको आधिकारिक वेबसाइटमा आज राखिएको तथ्यांक अनुसार काठमाडौं उपत्यकामा थप १ हजार ११० जनामा कोरोना देखिएको छ । जसमध्ये महिला ४ सय २९ जना छन् भने पुरुष संक्रमित ६ सय ८१ जना रहेका छन् ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १३ जनाको मृत्यु भएको छ भने हालसम्म कोरोनाका कारण ८ सय ४२ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार आज थप २ हजार ८४६ जना संक्रमित निको भएर घर फर्किएका छन् । हाल सम्म १ लाख ८ हजार ३३४ जना संक्रमित निको भएका छन् । हाल सक्रिय संक्रमितको संख्या ४६ हजार ५७ जना रहेको छ । हाल क्वारेन्टाइनमा ३ हजार ३२२ जना छन् भने नेपालमा हालसम्म १३ लाख ८० हजार ८६२ वटा नमुना पिसिआर परिक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

यो भिडियो पनि हेर्न नछुटाउनु होला