×

TUNGOON

आज देशभर थप १ हजार ९ सय ५४ जना कोरोना संक्रमित थपिए


काठमाण्डौ, कात्तिक १२ गते
आज देशभर थप १ हजार ९ सय ५४ जना कोरोना संक्रमित थपिएका छन् ।
देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप १ हजार ९ सय ५४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार आज काठमाडौं उपत्यकामा थप ८ सय ४३ जनामा कोरोना देखिएको छ । जसमध्ये काठमाडौंमा ६ सय ९६, भक्तपुरमा २९ र ललितपुरमा १ सय १८ जना कोरोना संक्रमति थपिएका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको प्रवक्ता गौतमले बताउनुभयो । त्यस्तै कोरोनाका कारण थप ११ जनाको मृत्यु भएको छ भने हालसम्म कोरोनाका कारण ८ सय ८७ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज थप २ हजार ९ सय ८१ जना संक्रमित पूर्ण रुपमा निको भएर घर फर्किएका छन् । हाल सम्म १ लाख २१ हजार ८ सय २४ जना संक्रमित निको भएका छन् । हाल सक्रिय संक्रमितको संख्या ३९ हजार ६ सय ४३ जना रहेको छ । हाल क्वारेन्टाइनमा २ हजार ८ सय ८९ जना छन् । नेपालमा हालसम्म १४ लाख ९ हजार २९५ वटा नमुना पिसिआर परिक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्दै आएको कोरोनाको नियमित अपडेट सम्बन्धी पत्रकार सम्मेलन अबदेखि दैनिक नआउने भएको छ । स्वास्थय मन्त्रालयको आजको प्रेस ब्रिफिङमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले दैनिक रुपमा पत्रकार सम्मेलन नगर्ने जानकारी दिनुभएको हो । प्रवक्ता गौतमका अनुसार आगामी दिनबाट हरेक आइतबार र बुधबार मात्रै मन्त्रालयको प्रेस ब्रिफिङ प्रसारण हुनेछ । पत्रकार सम्मेलन नगरिने दिनहरुमा कोरोनाको नियमित अपडेट हरेक दिन अपरान्ह ४ : ३० बजे मन्त्रालयको वेबसाइट तथा सामाजिक सञ्जालमार्फत हुने राखिने उहाँले बताउनुभयो ।

भिडियो यहाबाट हेर्नुस


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला