Spread the love
  • 21
  •  
  •  
  •  
  •  
  •  
    21
    Shares

काठमाडौं । कात्तिक १३ गते
आज मध्य भियतनामको क्वाङनाम प्रान्तमा पहिरो जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको र दर्जनौँ बेपत्ता भएको भियतनामको राज्य सञ्चालित समाचार संस्थाले समाचारमा जनाएको छ । नाम ट्रा जिल्लाको ट्रा भ्यान र ट्रा लेङ गाउँमा पहिरो जाँदा उनीहरूको मृत्यु भएको हो ।

केही व्यक्ति भागेर सुरक्षितस्थलमा बसेको भेटिएको उद्धारकर्मीले जनाएका छन् ।वेपत्ता रहेका भनिएका केही मानिसको खोजी कार्य जारी रहेको छ । प्रधानमन्त्री नुयेन सुवान फुकले उद्धारकार्यलाई थप प्रभाबकारी बनाउन निर्देशन दिनुभएको छ ।विशाल आँधी मोलावीका कारण मध्य क्षेत्रमा मुसलधारे वर्षा र हुरीपछि आएको बाढीपछि उक्त क्षेत्रमा पहिरो गएको हो ।