Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं । कात्तिक १५ गते
भारतमा एकै दिन ४८ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । गएको २४ घण्टामा ४८ हजार १२० जना नयाँ संक्रमित थपिएका हुन ।नयाँ संक्रमित थपिएसंगै भारतमा कुल कोरोना संक्रमितको संख्या ८१ लाख ३६ हजार १६६ पुगेको छ । त्यस्तै गएको २४ घण्टामा भारमा ५५० जनाको मृत्यु भएको छ भने हाल सम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १ लाख २१ हजार नाघेको छ । भारत कोरोना संक्रमित बढी हुने देशहरुको सुचिमा हाल दोस्रो स्थानमा रहेको छ जहाँ सक्रिय संक्रमितको संख्या ५ लाख ८३ हजार ५७४ रहेका छन् । भारतमा हालसम्म ७४ लाख ३० हजार भन्दा बढीले कोरोना जितेर घर फकिएका छन् ।

त्यस्तै कोरोना संक्रमित सबै भन्दा बढी अमेरिकामा रहेका छन् । जहाँ कुल कोरोना संक्रमितको संख्या ९३ लाख १६ हजार नाघेको छ भने गएको २४ घण्टामा १ लाख १ हजार ४६१ जना नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा हालसम्म २ लाख ३५ हजार भन्दा बढीले कोरोनाका कारण ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा ९८८ जनाको मृत्यु भएको छ ।

त्यस्तै विश्वभर कुल कोरोना संक्रमितको संख्या ४ करोढ ५९ लाख नाघेको छ भने मृत्यु हुनेको संख्या ११ लाख ९३ हजार ७६३ पुगेको वोल्डोमिटर्सले जनाएको छ ।