Spread the love
  • 2
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । कात्तिक १५ गते

सरकारले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा लागु गरेको जोर बिजोरको नियम उल्लङ्घन गर्नेलाई कारबाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले शनिबार पनि जोर बिजोरको नियम पालना भए वा नभएको अनुगमन गरी नियम पालना नगर्ने सवारीसाधनलाई कारबाही गरेको हो ।

महाशाखाले दशैं सकिएसँगै काठमाडौं उपत्यकामा सवारी साधनको चाप पुनः बढ्न थालेपछि जोरविजोरको नियम पालना भए नभएको अनुगमन गरी नियम पालना नगर्नेलाई कारबाही गरेको हो । महाशाखाले दैनीक करिव ४ सय भन्दा बढी दुई पांग्रे र चारपांग्रे सवारी साधनहरुहरुलाई कारबाही गरेको जनाएको छ । लकडाउन र निषेधाज्ञापछि पनि कोरोना संक्रमणको दर बढ्दै गएको छ । कोरोना संक्रमणको दर बढ्दै जाँदा निषेधाज्ञा हटाइएपनि संक्रमणको जोखिम न्युनिकरणका लागि भन्दै सरकारले काठमाडौं उपत्यकामा जोरविजोर प्रणालीलाई कायमै राखेको छ ।