×

TUNGOON

विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ लाख नाघ्यो



काठमाडौं । कात्तिक १६ गते
भारतमा एकै दिन ४६ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । गएको २४ घण्टामा ४६ हजार ७१५ जना नयाँ संक्रमित थपिएका हुन ।नयाँ संक्रमित थपिएसंगै भारतमा कुल कोरोना संक्रमितको संख्या ८१ लाख ८२ हजार ८८१ पुगेको छ । त्यस्तै गएको २४ घण्टामा भारमा ४६८ जनाको मृत्यु भएको छ भने हाल सम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १ लाख २२ हजार नाघेको छ । भारत कोरोना संक्रमित बढी हुने देशहरुको सुचिमा हाल दोस्रो स्थानमा रहेको छ जहाँ सक्रिय संक्रमितको संख्या ५ लाख ७१ हजार ५२९ रहेका छन् । भारतमा हालसम्म ७४ लाख ८९ हजार भन्दा बढीले कोरोना जितेर घर फकिएका छन् ।

त्यस्तै कोरोना संक्रमित सबै भन्दा बढी अमेरिकामा रहेका छन् । जहाँ कुल कोरोना संक्रमितको संख्या ९४ लाख २ हजार नाघेको छ भने गएको २४ घण्टामा ८६ हजार २९३ जना नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा हालसम्म २ लाख ३६ हजार भन्दा बढीले कोरोनाका कारण ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा ९१४ जनाको मृत्यु भएको छ । त्यस्तै विश्वभर कुल कोरोना संक्रमितको संख्या ४ करोढ ६३ लाख नाघेको छ भने मृत्यु हुनेको संख्या १२ लाख नाघेको वोल्डोमिटर्सले जनाएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला