×

TUNGOON

नेपालमा आज थप २ हजार ८ सय २४ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । कात्तिक १६ गते
नेपालमा आज थप २ हजार ८ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप २ हजार ८२४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार आज काठमाडौं उपत्यकामा थप १६ सय २२ जनामा कोरोना देखिएको छ ।

जसमध्ये काठमाडौंमा १ हजार ३ सय ६२, भक्तपुरमा ९६ र ललितपुरमा १ सय ६४ जना कोरोना संक्रमति थपिएका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुगेको प्रवक्ता गौतमले बताउनुभयो । त्यस्तै कोरोनाका कारण थप २३ जनाको मृत्यु भएको छ भने हालसम्म कोरोनाका कारण ९ सय ६० जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार आज थप ३ हजार ६ सय २० जना संक्रमित निको भएर डिष्चार्ज भएका छन् भने हाल सम्म १ लाख ३४ हजार ८ सय ४२ जना संक्रमित निको भएका छन् । हाल सक्रिय संक्रमितको संख्या ३७ हजार ७ सय ६५ जना रहेको छ । हाल क्वारेन्टाइनमा २ हजार ३ सय ८६ जना छन् । नेपालमा हालसम्म १४ लाख ५६ हजार ३६६ वटा नमुना पिसिआर परिक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै स्वास्थ्य मन्त्रालय कोरोना संक्रमितसँग धरौटी रकम माग गर्ने सबै सरकारी अस्पतालसँग स्पष्टिकरण मागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले धरौटी रकम माग गर्ने सबै सरकारी अस्पतालसँग स्पष्टिकरण सोधिएको बताउनुभएको हो । उहाँले स्वास्थ्य मन्त्रालयले धरौटी लिएर मात्र संक्रमतिको उपचार गर्नु भनेर कुनै निर्देशन नदिएको पनि बताउनु भयो । उहाँले शुल्क तिर्न सक्ने व्यक्तिले शुल्क तिर्नुपर्ने र शुल्क तिर्न नसक्ने गरिव तथा विपन्न व्यक्तिलाई निशुल्क उपचार गर्ने सरकारको निर्णय यथावत रहेको पनि जानकारी दिनुभयो । सरकारले कोरोना संक्रमितको उपचार संक्रमित आफैले खर्च गर्ने भनेपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, सिभिल अस्पताल लगायतका सरकारी अस्पतालले समेत कोरोना संक्रमितले अस्पतालमा भर्ना पाउन पहिला धरौटी रकम बुझाउनुपर्ने भन्दै सूचना जारी गरेका थिए ।

यस्तै केही मेडिकल कलेज तथा निजी अस्पतालहरुले पनि ५० हजार देखि २ लाख सम्म धरौटी रकम बुझाएपछि मात्र अस्पतालमा भर्ना गरिने जनाएका छन् ।यस्तै मृत्यु भएका कोरोना संक्रमितको विवरण फरक फरक आएकाले त्यसको विषयमा छानवीन गर्न स्वास्थ्य मन्त्रालयले समिति गठन गरेको छ । स्वास्थ्य मन्त्रालयका सहसचिव, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका महाशाखाका प्रमुख र सिसिएमसीका चिकित्सक सहित तीन जनाको टोलीको समिति गठन गरी संक्रमितको मृत्युको विवरणबारे छानवीन भइरहेको प्रवक्ता डा गौतमले जानकारी दिनुभयो ।पत्रकार सम्मेलनमा प्रवक्ता गौतमले काठमाडौं उपत्यका लगायतका घना बस्ती कोरोना संक्रमणको अवस्था उच्च रहेकाले जनस्वास्थ्यको मापदण्ड पूर्ण रुपमा पालना गर्न आग्रह समेत गर्नुभयो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला