×

TUNGOON

काठमाडौंको तिनकुनेमा एक पुरुषको शव फेला



काठमाडौं । कात्तिक १६ गते
काठमाडौंको तिनकुनेमा एक पुरुषको शव फेला परेको छ । बानेश्वर प्रहरी बृत्तभन्दा अगाडि रहेको बागमती खोलाको पुलमुनि आज दिउँसो साढे दुई बजे अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको काठमाडौं प्रहरी परिसरले जानकारी दिएको छ ।

शव पानीमा डुबिरहेको अवस्थामा फेला परेको थियो। तर शरीरमा घाउचोट भने केही नदेखिएको जनाइएको छ । शवको कसको हो भन्ने पहिचान हुन सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला