×

TUNGOON

आज थप २ हजार ५७१ जनामा कोरोना पुष्टि



काठमाडौं । कात्तिक २४ गते
नेपालमा आज थप २ हजार ५७१ जनामा कोरोना पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा १ हजार ०५१ महिला र १ हजार ५२० पुरुष गरि २ हजार ५७१ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज काठमाडौंमा १ हजमार १३६ , भक्तपुरमा ९१ र ललितपुरमा २०१ जनामा कोरोना देखिएको छ ।

यो संगै नेपालका कोरोना संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ । कोरोनाका कारण थप १८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म १ हजार १२६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । आज थप १७९८ संक्रमित निको भएका छन् । हालसम्म निको हुने संक्रमितको संख्या १ लाख ५९ हजार ७२४ पुगको छ । हाल सक्रिय संक्रमितको संख्या ३६ हजार १७४ रहेको छन् भने क्वारेन्टाइनमा ९६७ जना रहेका छन् । हालसम्म १५ लाख ५१ हजार २५४ वटा पिसिआर गरिएको मन्त्रालयले जानकारी दिएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला