Spread the love
  • 25
  •  
  •  
  •  
  •  
  •  
    25
    Shares

काठमाडौं । कात्तिक २५ गते

भारतमा एकै दिन ३७ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । गएको २४ घण्टामा ३७ हजार २११ जना नयाँ संक्रमित थपिएका हुन ।नयाँ संक्रमित थपिएसंगै भारतमा कुल कोरोना संक्रमितको संख्या ८५ लाख ९१ हजार ७५ पुगेको छ । त्यस्तै गएको २४ घण्टामा भारमा ४५१ जनाको मृत्यु भएको छ भने हाल सम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १ लाख २७ हजार नाघेको छ । भारत कोरोना संक्रमित बढी हुने देशहरुको सुचिमा हाल दोस्रो स्थानमा रहेको छ जहाँ सक्रिय संक्रमितको संख्या ५ लाख ६ हजार ७६५ रहेका छन् । भारतमा हालसम्म ७९ लाख ५७ हजार भन्दा बढीले कोरोना जितेर घर फकिएका छन् ।

त्यस्तै कोरोना संक्रमित सबै भन्दा बढी अमेरिकामा रहेका छन् । जहाँ कुल कोरोना संक्रमितको संख्या १ करोड ४ लाख नाघेको छ भने गएको २४ घण्टामा १ लाख २५ हजार ६८९ जना नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा हालसम्म २ लाख ४४ हजार भन्दा बढीले कोरोनाका कारण ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा ६४१ जनाको मृत्यु भएको छ ।

त्यस्तै विश्वभर कुल कोरोना संक्रमितको संख्या ५ करोढ १२ लाख नाघेको छ भने मृत्यु हुनेको संख्या १२ लाख ६९ हजार ३१९ पुगेको वोल्डोमिटर्सले जनाएको छ ।