×

TUNGOON

जाडोमा रायोको साग खानुका ६ अचुक फाईदाहरु



काठमाडौं । कात्तिक २५ गते
अहिले जाडो मोसमको सुरुवात भैरहेको छ । दिउसोको समयमा न्यानो घाम लागे पनि बिहान र बेलुकाको समयमा भने चिसो भएको अनुभुती हुन थालेको छ । गर्मि यामलाई विदाई गरेर जाडो यामलाई हामिले स्वागत गरिसकेका छौ । शरद ऋतुको आगमन सँगै जाडो मोसमको पनि सुनौलो आगमन भेसकेको छ । त्ययसैले जाडो मौसममा शरिरको एकदमै ध्यान दिनु पर्ने हुन्छ । जाडो याममा खान,पानमा विशेष ध्यान दिनुपर्छ ।

शरिरलाई न्यानो बनाउने खाना खानु पर्छ । त्यस्तै जाडो मोसममा शरिरका लागि लाभदायक तरकारी हो रायोको साग । साग जो कोही लाई मन पर्छ । सायोको साग स्वादका लागि मात्र नभएर शरिरका लागि पनि निकै लाभदायक हुन्छ । सायोको सागमा भिटाभिन ए को मात्रा प्रशस्त पाइने भएकाले मानव शरिरका लागि निकै फाईदाजनक हुन्छ ।

रायोको साग खानुका फाईदाहरु यसप्रकार छन् ..

१ मुटुसम्बन्धी हरेक खालका समस्या भएकाले अथवा मुटुसम्बन्धी रोग नलागोस् भन्ने चाहनेले रायोको साग खानुपर्छ । रायोको सागमा भिटामिन ए प्रशस्त मात्रामा पाइने भएकाले रतन्धो, पुरानो बाथ, आदिबाट बचाउँन मदत गर्दछ ।

२. गर्भवती महिलालाई वाकवाकी आउने, टाउको दुख्ने आदि समस्या देखिन्छन् । शरीरमा भिटामिन केको कमीका कारण यस्तो हुनेगर्छ । रायोको सागमा भिटामिन के प्रचुर मात्रामा पाइने भएकाले यो गर्भव्ती महिलाका लागि उपयुक्त हुन्छ ।३ रायोको सागमा पाइने फोलिक र म्याग्नेसियमले मानव शरीरमा रहने विभिन्न अनावश्यक वस्तुलाई बाहिर निकाल्ने गर्छ ।रायोको सागमा भिटामिन के प्रचूर मात्रामा पाइने हरनाले यो साग गर्भवतीका लागि अत्ति उत्तम मानिन्छ ।

३. उमेर बढ्दै गएपछि दिमागको सम्झने क्षमतामा ह्रास आउन थाल्छ । प्रतिदिन तीन पटक रायोको साग खाएर स्मरणशक्तिमा आउने ह्रासको समस्यालाई ४० प्रतिशतसम्म कम गर्न सकिने विभिन्न अनुसन्धानले देखाएका छन् ।

४. रायोको सागमा पाइने भिटामिन–केले महिनावारीका बेला जीउ दुख्ने समस्याबाट राहत दिन्छ । रायोको सागमा पाइने म्याग्नेसियम र फोलेटजस्ता तरल्ले शरीरमा जम्मा भएका विकारलाई विभिन्न माध्यमबाट शरीरबाहिर निकाल्छन् ।

५. रायोको सागले बाथका रोगीलाई राहत दिन्छ । यसमा कपर पाइन्छ, जसले बाथको पीडालाई कम गर्छ ।जाडोमा बाथका रोगीलाई हड्डी र गोडा दुख्ने समस्या हुने भएकाले रायोको साग सेवन गर्नु पर्छ । किनभने यसमा पाइने कपरले यस्तो मस्याबाट बचाउँदछ ।

६ .रायोको सागमा भिटामिन सी पनि पाइने भएकाले रुघाखोकी लागिरहने व्यक्तिलाई पनि फाईदा पुर्याउदछ ।रायोको सागको नियनित सेवन गर्नाले पिसाबनलीमा हुने पत्थरीलाई र क्यान्सरको जोखिमबाट बच्न सकिन्छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला