×

TUNGOON

आज देशभर थप २ हजार ७३६ जनामा कोरोना संक्रमणको पुष्टि



कात्तिक २५ गते

नेपालमा आज थप २ हजार ७३६ जनामा कोरोना देखिएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा १ हजार ०५९ महिला र १६७७ गरि थप २ हजार ७३६ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।त्यस्तै काठमाडौंमा १ हजार १४१, भक्तपुरमा ८६ र ललितपुरमा १९३ गरि १ हजार ४२० जनामा कोरोना देखिएको मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार ७६० पुगेको छ ।त्यस्तै कोरोनाका कारण थप २२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ भने हालसम्म ११४८ जनाको कोरोनाका कारण निधन भएको छ ।नेपालमा थप ८५३ जना कोरोना मुक्त भएका छन् । नेपालमा हालसम्म कोरोना मुक्त हुनेको संख्या १ लाख ६० हजार ५७७ जना पुगेको छ ।हाल सक्रिय संक्रमितको संख्या ३८ हजार ३५ रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै क्वारेन्टाइनमा १ हजार ०५८ जना रहेका छन् भने हालसम्म १५ लाख ६४ हजार २१४ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला