Spread the love
  • 9
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares


काठमाडौं । कात्तिक २६ गते
भारतमा एकै दिन ४४ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । गएको २४ घण्टामा ४४ हजार ६७९ जना नयाँ संक्रमित थपिएका हुन । नयाँ संक्रमित थपिएसंगै भारतमा कुल कोरोना संक्रमितको संख्या ८६ लाख ३५ हजार ७५४ पुगेको छ । त्यस्तै गएको २४ घण्टामा भारमा ५११ जनाको मृत्यु भएको छ भने हाल सम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १ लाख २७ हजार नाघेको छ । भारत कोरोना संक्रमित बढी हुने देशहरुको सुचिमा हाल दोस्रो स्थानमा रहेको छ जहाँ सक्रिय संक्रमितको संख्या ४ लाख ९६ हजार २९५ जना रहेका छन् । भारतमा हालसम्म ८० लाख ११ हजार भन्दा बढीले कोरोना जितेर घर फकिएका छन् ।

त्यस्तै कोरोना संक्रमित सबै भन्दा बढी अमेरिकामा रहेका छन् । जहाँ कुल कोरोना संक्रमितको संख्या १ करोड ५ लाख नाघेको छ भने गएको २४ घण्टामा १ लाख ३५ हजार ५७४ जना नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा हालसम्म २ लाख ४५ हजार भन्दा बढीले कोरोनाका कारण ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ३४५ जनाको मृत्यु भएको छ ।

त्यस्तै विश्वभर कुल कोरोना संक्रमितको संख्या ५ करोढ १८ लाख नाघेको छ भने मृत्यु हुनेको संख्या १२ लाख ७९ हजार १८६ पुगेको वोल्डोमिटर्सले जनाएको छ ।