काठमाडौं । कात्तिक २६ गते
आज नेपाली सुन,चाँदी बजारमा सुन,चाँदीको मुल्यमा सामान्य बृद्धि भएको छ । आज सुन प्रतितोला १ सयले बढेर ९४ हजार ९ सयमा कारोबार भैरहेको नेपाल सुन,चाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन सुन ९४ हजार ८ सयमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य ५ रुपैयाँले बढेर १२ सय २० रुपैयाँ तोलामा कारोबार भइरहेको छ। मंगलबार चाँदी १२ सय १५ रुपैयाँमा कायम थियो। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ८१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।