×

TUNGOON

नेपालमा आज थप २ हजार ५६९ जनामा कोरोना पुष्टि



काठमाडौं । कात्तिक २६ गते
नेपालमा आज थप २ हजार ५६९ जनामा कोरोना पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप २ हजार ५६९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख दुई हजार ३२९ जना पुगेको छ । आज काठमाडौं उपत्यकामा थप १ हजार २६१ जनामा कोरोना पुष्टि भएको छ ।

काठमाडौंमा ९७६ , भक्तपुरमा ८१ ललितपुरमा २०४ जनामा कोरोना पुष्टि मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । त्यस्तै कोरोनाका कारण थप २६ जनाको मृत्यु भएको छ भने हालसम्म ११ सय ७४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।पछिल्लो समय १ हजार ६६६ जना कोरोनामुक्त भएका छन् भने हालसम्म १ लाख ६२ हजार २४३ जना कोरोनामुक्त भएको मन्त्रालयका प्रवक्ता गौतमले बताउनुभयो ।उहाका अनुसार हाल आइशोलेनमा ३८ हजार ९१२ जना रहेका छन् । त्यस्तै १ हजार १०९ जना क्वारेन्टाइनमा रहेका छन् । हालसम्म १५ लाख ७४ हजार २९५ पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला