Spread the love
  • 4
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares


काठमाडौं । कात्तिक २७ गते
भारतमा एकै दिन ४८ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । गएको २४ घण्टामा ४८ हजार २८५ जना नयाँ संक्रमित थपिएका हुन । नयाँ संक्रमित थपिएसंगै भारतमा कुल कोरोना संक्रमितको संख्या ८६ लाख ६४ हजार ३९ पुगेको छ । त्यस्तै गएको २४ घण्टामा भारमा ५५० जनाको मृत्यु भएको छ भने हाल सम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १ लाख २८ हजार नाघेको छ । भारत कोरोना संक्रमित बढी हुने देशहरुको सुचिमा हाल दोस्रो स्थानमा रहेको छ जहाँ सक्रिय संक्रमितको संख्या ४ लाख ९१ हजार ३२६ जना रहेका छन् । भारतमा हालसम्म ८० लाख ६४ हजार भन्दा बढीले कोरोना जितेर घर फकिएका छन् ।

त्यस्तै कोरोना संक्रमित सबै भन्दा बढी अमेरिकामा रहेका छन् । जहाँ कुल कोरोना संक्रमितको संख्या १ करोड ७ लाख नाघेको छ भने गएको २४ घण्टामा १ लाख ४२ हजार ८०८ जना नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा हालसम्म २ लाख ४७ हजार भन्दा बढीले कोरोनाका कारण ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ४७८ जनाको मृत्यु भएको छ ।

त्यस्तै विश्वभर कुल कोरोना संक्रमितको संख्या ५ करोढ २४ लाख नाघेको छ भने मृत्यु हुनेको संख्या १२ लाख ८९ हजार ५३३ पुगेको वोल्डोमिटर्सले जनाएको छ ।