×

TUNGOON

किसानका तात्कालिन र दिर्घकालिन समस्यालाई समाधान गर्नु पर्ने : किसान महासंघ



काठमाडौं । कात्तिक २७ गते
अखिल नेपाल किसान महासंघले किसानका तात्कालिन र दिर्घकालिन समस्यालाई समाधान गर्न माग गदै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । आज महासंघले समयमा नै मल र बिउको आपूर्ति गर्नुपर्ने, सिचाँईलाई चाहिने बिद्युतको सहुलियत शत प्रतिशत गर्नुपर्ने लगाएका माग राख्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई ज्ञापन पत्र बुझाएका हुन् ।

महासंघले धानको समर्थन मूल्य तुरुन्त लागू गर्नुपर्ने, महङ्गीलाइ तुरुन्त बन्द गर्नुपर्ने, कोरोनाको उपचार सरकारले नै गर्नुपर्ने लगाएका माग पनि अघि सारेका छन् ।त्यस्तै कृषि उत्पादनमा भइरहेको बिचौलिया प्रणाली बन्द गर्नुपर्ने र किसानको उत्पादित कृषि उपजहरुलाई राज्यले नै किन्ने व्यवस्था गर्नुपर्ने माग सहित प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको महासंघ काठमाडौं जिल्लाका अध्यक्ष कृष्ण बहादुर गैरेले जानकारी दिनुभयो । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी दाहालले महासंघको मागलाई सम्बन्धीत स्थानमा पुराउने प्रतिवद्धता जनाउनुभएको थियो । महासंघले आफुहरुको माग पुरा नभए कडा संघर्षमा उत्रने चेतावनी दिएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला