×

TUNGOON

सरकारले गैरकानुनी रुपमा आफ्नो आवास क्षेत्रमा डोजर लगाएको भन्दै बालाजु बाइपासमा विरोध प्रर्दशन


काठमाडौं । कात्तिक २७ गते
उपत्यका सडक बिस्तार संघर्ष समितिले सरकारले गैरकानुनी रुपमा आफ्नो आवास क्षेत्रमा डोजर लगाएको विरोधमा बालाजु बाइपासमा विरोध प्रर्दशन गरेका छन् । उक्त क्षेत्रको सडक भत्काउने कार्य तत्कालका लागि नगर्नु भन्ने सर्वोच्चको आदेश बिपरित आफुहरुको भौतिक सम्पतीमा डोजर लगाइएको भन्दै स्थानीय लगाएत उपत्यका सडक बिस्तार संघर्ष समितिले सो क्षेत्रमा विरोध प्रदर्शन गरेको हो ।

छलफलबाट टुँगो नलागेसम्म निवदेकहरुको अनधिकृत कब्जा गर्ने भत्काउने जस्ता कुुनै पनि कार्य नगर्नु नगराउनु आदेश सर्वोच्चले दिएपनि सो आदेश कार्यान्वयन नभएको स्थानीयहरुको गुनासो छ । बाटोको दुवै क्षेत्रमा नेवारहरुको पुरानो वस्ती रहे पनि सर्वोच्चको आदेश बिपरित बस्ती भत्काएर सडक विस्तार गरिएको स्थानीय रवीन्द्र कुमार श्रेष्ठले गुनासो गर्नुभयो । उहाले माथिको आदेश भन्दै एकतर्फी रुपमा स्थानीयलाई दमन गरेको बताउनुभयो ।

उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय काठमाडौंले बालाजु बाइपासदेखि महेन्द्रपार्क क्षेत्रमा २६५ मिटर दुरी सडक विस्तार गर्न लागिएको जनाएको छ । स्थानीयको विरोधका बाबजुत पनि ठूलो संख्यामा प्रहरी परिचालन गरेर सडक बिस्तारको काम भने भइरहेको छ । यता सो क्षेत्रका वडा सचिव कुसुम महर्जनले भने पहिलेनै मुआव्जा बितरण भइकाले सडक बिस्तारको काम भइरहेको जानकारी दिनुभयो ।यसअघि स्थानीयहरुले शक्तिको आडमा जबरजस्ती घर भत्काएको भन्दै बालाजु चौकीमा समेत धर्ना दिएका थिए ।

((


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला