×

TUNGOON

आज नेपालका थप १ हजार ९१३ जनामा कोरोना पुष्टि


काठमाडौं । कात्तिक २७ गते
आज नेपालका थप १ हजार ९१३ जनामा कोरोना पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप १ हजार ९१३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४ हजार २४२ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १५ जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा १ हजार १८९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । मन्त्रालयका अनुसार थप २ हजार ३४९ जना कोरोना मुक्त भएका छन् भने हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या १ लाख ६४ हजार ५९२ पुगेको छ । नेपालमा हाल ३८ हजार ४६१ जना आइशोलेशनमा छन् भने ९७४ जना क्वारेन्टीनमा छन् । हालसम्म १५ लाख ८४ हजार ३१७ वटा पिसिआर गरिएको मन्त्रालयले जानकारी दिएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला