Spread the love
  • 6
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

काठमाडौं । कात्तिक २८ गते
भारतमा एकै दिन ४३ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । गएको २४ घण्टामा ४३ हजार २८५ जना नयाँ संक्रमित थपिएका हुन ।नयाँ संक्रमित थपिएसंगै भारतमा कुल कोरोना संक्रमितको संख्या ८७ लाख २७ हजार ९ सय पुगेको छ । त्यस्तै गएको २४ घण्टामा भारमा ५२१ जनाको मृत्यु भएको छ भने हाल सम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १ लाख २८ हजार नाघेको छ । भारत कोरोना संक्रमित बढी हुने देशहरुको सुचिमा हाल दोस्रो स्थानमा रहेको छ जहाँ सक्रिय संक्रमितको संख्या ४ लाख ८५ हजार ८६९ जना रहेका छन् । भारतमा हालसम्म ८१ लाख १३ हजार भन्दा बढीले कोरोना जितेर घर फकिएका छन् ।

त्यस्तै कोरोना संक्रमित सबै भन्दा बढी अमेरिकामा रहेका छन् । जहाँ कुल कोरोना संक्रमितको संख्या १ करोड ८ लाख नाघेको छ भने गएको २४ घण्टामा १ लाख ६१ हजार ५४१ जना नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा हालसम्म २ लाख ४८ हजार भन्दा बढीले कोरोनाका कारण ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा १ हजार १९० जनाको मृत्यु भएको छ ।

त्यस्तै विश्वभर कुल कोरोना संक्रमितको संख्या ५ करोढ ३० लाख नाघेको छ भने मृत्यु हुनेको संख्या १२ लाख ९९ हजार ४०७ पुगेको वोल्डोमिटर्सले जनाएको छ ।